गुर्भाकोटको खटाङमा त्रिमुखे पुल सिलन्यास

0
17

कर्णाली प्रदेशको राजधानी पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो त्रिमुखे पुल निर्माण सुरु भएको छ । भेरी नदीले घेरिएको खटाङ बिच टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १० र १२ नम्बर वडा लाइ जोड्ने गरेर पुल निर्माण सुरु गरिएको हो ।
त्रिमुखे पुलको शिलान्यास गर्दै माननिय पूर्णबहादुर खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताउनु भयो । नदी उत्तर तिर बहनु निकै धार्मिक मानिन्छ । यहाँ निर भेरी नदी पनि उत्तर तिर बगेको छ । यो एकदमै कम स्थानमा छ । उहाले भन्नु भयो ‘बजेट मात्रै ल्याएर नहुने रहेछ कार्यन्वयन पनि उतिकै जरुरी छ । उहाले पर्याप्त मात्रामा बजेट भएको योजना समयमै सम्पन्न गर्न निर्देशन दिनु भयो। सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो त्रिमुखे पुल बनाउन लागेको बताउनु भयो। यो स्थानमा बन्न लागेको त्रिमुखे पुल नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका त्रिमुखे पुलहरू मध्ये यो पुल सबैभन्दा लामो हो ।
२०८३ असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताउनु भयो। यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ । इन्जिनियर थापाका अनुसार पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्रीगीता कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाउन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिल्लर निर्माण हुनेछन् । यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुना तर्फ RCC फाउन्डेसन निर्माण गरिनेछ । साइट इन्चार्ज इन्जिनियर उमंग प्रभात गिरीले तीन गाउँ जोड्नलाई तीनमुखे पुल निर्माण गरिएको बताउनु भयो ।
पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो । योजना आयोगका सदस्य अशोकनाथ योगीले दोस्रो पञ्चवर्षीय योजनामा पनि सडक र पक्की पुलको पहुँच नपुगेका स्थानमा झोलुङ्गे पुल बनाउने नीतिमा र योजनामा समावेश गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here