२०८२ कात्तिक १६ , आइतबार

सुर्खेतमा छोराकै कुटपिटबाट आमाको मृ*त्यु



सुर्खेत, कात्तिक १४ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराकै कुटपिटबाट आमाको मृत्यु भएको छ। मङ्गलबार बिहान करिब ७ बजे आफ्नै घरमा सुतिरहेकी आमामाथि छोराले फरुवाले प्रहार गरेपछि उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार मसिनाटोल बस्ने करिब ३०–३५ वर्षीय कबिराम बस्नेतले आफ्नी आमा करिब ५० वर्षीया धनिकला बस्नेतको टाउकोमा फरुवाले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत लगिएको थियो। तर अस्पताल पुगेको करिब ८ः१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनापछि फरार रहेका आरोपित छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार