काठमाडौं, भदौ २७ ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट र आम सर्वसाधारणमा त्रास सिर्जना हुने खालका घटनाहरू भएका छन् ।
यस्तै घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा सामाजिक सञ्जालमा रहेका लिङ्कहरू नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ । यसका लागि nepalpoliceinfo@gmail.com मा पठाउन अनुरोध गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, प्राप्त हुने सम्पूर्ण विवरण तथा सूचनादाताको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहनेछ ।
नेपाल प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धानमा सर्वसाधारण नागरिकको सहकार्य महत्त्वपूर्ण हुने भन्दै सहयोगका लागि सबैमा आह्वान गरेको छ ।
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार


प्रतिक्रिया दिनुहोस्