२०८२ कात्तिक ११ , मंगलबार

समृद्ध कर्णालीका लागि युवा बहस सोमबार सुर्खेतमा



सुर्खेत, साउन २५ — “समृद्ध कर्णालीका लागि युवा” भन्ने मूल नारासहितको प्रादेशिक बहस सोमबार (साउन २६) बिहान ११ बजे सुर्खेतको कुहिनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा हुने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रम कर्णाली युथ सोसाइटीले गर्ने भएको हो।

बहसमा कर्णालीका ६ जना युवाहरुले फरक–फरक विषयमा आफ्ना धारणा राख्नेछन्। सहभागी वक्ताहरुमध्ये शर्मिला बिसी, रविकिरण हमाल, दिपेश शाहि ठकुरी, प्रकाश खड्का, आदर्श विक्रम सिंह र के.सी. रहेका छन्। कार्यक्रमको संचालन हिमाली पाण्डेले गर्नेछिन्।

यस अवसरमा सम्पूर्ण राजनीतिक दलका माननीय सांसद तथा मन्त्रीहरुलाई समेत आमन्त्रण गरिएको छ। तर आयोजकका अनुसार उनीहरुलाई बोल्ने अवसर दिइने छैन।

> “हामी यस बहसमार्फत युवाहरुको आवाजलाई प्रदेशको नीतिगत तहमा पुर्‍याउने लक्ष्य राखेका छौं।”
— सुप्रिया शाह, अध्यक्ष, कर्णाली युथ सोसाइटी

कर्णाली युथ सोसाइटीकी अध्यक्ष सुप्रिया शाहले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्, “यो मञ्च युवाहरुका दृष्टिकोण, सृजनात्मक विचार र समाधान प्रस्ताव सार्वजनिक गर्नको लागि हो। यसबाट प्रदेशको विकास र समृद्धिका लागि नयाँ सम्भावना र बाटोहरू खोजिनेछन्।”

नोट

मिति: २०८२ साउन २६ गते, सोमबार

समय: बिहान ११:०० बजे

स्थान: मध्यपश्चिम विश्वविद्यालयको सभाहल, कुहिनेपानी, सुर्खेत

आयोजक: कर्णाली युथ सोसाइटी

विशेषता: ६ जना युवा वक्ता, फरक–फरक विषयमा बहस, राजनीतिज्ञहरूलाई श्रोतामात्र राख्ने व्यवस्था

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार