२०८२ कात्तिक ११ , मंगलबार

सुर्खेत प्रहरीको अर्को सफलता : आखामा चक्कु प्रहार गर्ने फरार अभियुक्त पक्राउ



 

सुर्खेत, २८ साउन — सुर्खेतमा आखामा चक्कु प्रहार गरी फरार रहेका ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका प्रतिवादीलाई प्रहरीले राजधानी काठमाडौँबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, २०८२ साउन ९ गते राति करिब ११:५५ बजे वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क माथिल्लो गेटमा लैकबेसी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने नवराज रावत (२१), स्थायी ठेगाना जुम्ला, हिमा गाउँपालिका–३, हाल सुर्खेत वीरेन्द्रनगर–९ बसोबास, घटना स्थलबाटै फरार भएका थिए।

घटनापछि सुर्खेत प्रहरीले उनलाई खोजतलास गर्दै जाने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा साउन २७ गते काठमाडौँ महानगरपालिका–१०, बुद्धनगरस्थित एक स्थानबाट पक्राउ गर्न सफल भएको हो।

अभियुक्तलाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उपस्थित गराइ आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार