लमहि-छिन्चु ४०० केभिको सार्वजनिक सुनुवाइ

0
44

गुर्भाकोट, सुर्खेत । आज मेहेलकुना सुर्खेतको सिटिहलमा लमहि-छिन्चु ४०० केभि प्रसारण लाइन आयोजनाले प्रारम्भिक वातावरणीय परिक्षण कार्यको सार्वजनिक सुनुवाइ तथा आयोजनाको संक्षिप्त विवरण कार्यक्रम सम्पन्न गरेको छ ।

भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका अन्तरगत प्रभाावित पर्ने वडा अन्तरगत रहेका सामुदायिक वन समूह, सरकारी वन, ब्यक्तिगत वन, आवास, बगैँचा तथा ऐलानी घरजग्गा भएका प्रत्यक्ष प्रभावितहरुलाइ बोलाएर सार्वजनिक सुनुवाइ गरिएको हो ।

सो कार्यक्रममा गुर्भाकोट नगरपालिका वडानं ६ का वडाअध्यक्ष गोविन्द वलीको अध्यक्षतामा कार्यक्रम भएको हो । आयोजनालाई अध्ययन गरि अगाडि बढाउने जेट कन्सल्टका बरिष्ठ प्रबन्धक सुजन प्रजापतिले कार्यक्रम संचालन गर्नु भएको थियो । सो क्रममा वातावरणीय प्रभावका बिषयमा वातावरण विद् बालमुकुन्द पोखरेलले प्रष्ट्याउनु भएको थियो । त्यसै गरि आयोजना प्रमुख विरेन्द्र कुमार झा ले उठेका प्रश्नको उत्तर दिने काम तथा आयको वारेमा बताउनु भएको थियो । भेरिगंगा-६ का लालसिं बुढा क्षेत्रीले स्वागत मन्तव्य गर्नु भएको थियो । विभिन्न सामुदायिक वनका अध्यक्ष तथा सरोकारवालाले आआफ्ना मुआब्जाका बारेमा प्रश्न गर्नु भएको थियो ।  विभिन्न क्षेत्रबाट गरेर झण्डै १०० जना बराबरको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here