२०८२ कात्तिक १२ , बुधबार

२१ ओैं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो ।



गुर्भाकोट, सुर्खेत । नगर स्वास्थ्य शाखा गुर्भाकोट नगरपालिकाले २१ ओैं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आज भव्य रुपमा मनाएको छ । हरेक बर्ष डिसेम्बर ५ तारिखमा मनाउने कार्यक्रम पालिकाले एकदिन अगाडि नै मनाएको छ । कहि नभएको जात्रा हाडि गाउमा भने झै भएको छ भनेका छन् ।

आजको कार्यक्रममा पालिका नगर प्रमुख श्री हस्त पुन, उपप्रमुख मैना बिक , प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र जिल्ला बाट आउनु भएको प्रतिनिधि हरु उपस्थिति हुनुहुन्थ्यो भने गुर्भाकोट भरिका स्वयंसेविकाहरु थिए । यस पटकको नारा ´´ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको भुमिका, स्वास्थ्य समाज निर्माणमा सहभागीता“ भन्ने थियो । सो कार्यक्रममा आजै उमेरले ६० बर्ष पुराभइ अबकास जाने सेविकालाई बिदाई, प्रमाणपत्र तथा जनहि नगरपालिका बाट ५० हजार, प्रदेश र संघबाट १०/१० हजार गरेर एकमुष्ट ७०,०००/- (सत्तरिहजार) लिएका छन् ।

सेवा अवकाश गएका स्वयंसेविकाहरु :-

१.  मंगली पुन

३. मुसि बाँठा

६ काैसिला सहानी क्षेत्री

७. धनसरा शर्मा

८. लक्ष्मी थापा

८. तुल्सि शर्मा

१०. पिमा वली

१२. शुसिलादेवि शर्मा

१३. टीका थापा

१३. दुर्गा रखाल

१४. जमुना राना

१४. भाइरथि गुरुङ रहेका छन् । गुर्भाकोटका  १४ वडा मध्ये  १० गोटा वडाबाट १३ जनाले अनिवार्य अवकाश लिएका छन् ।

 

 

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार