काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत फेला परेका छन् । गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २६ वर्षीय युवक मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत फेला परेका थिए। ती युवकको साथबाट राहदानी भेटिएको र त्यसमा रहेका विवरणका आधारमा उनको आफन्तहरू खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ।
शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी बोहराले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको पनि उनले बताए।
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार


प्रतिक्रिया दिनुहोस्