सुर्खेत । गुर्भाकोट नगरपालिका -५ थग्लेनी सुर्खेत कि प्रेमा वली खत्री श्रीमानले पठाएको सामान लिन मिति २०८२/०१/२० गते शनिवार छिन्चु बजार हतारहतारमा गएकि थिन । भाइ टंक वलीको आज बैशाख २२ गते बिवाह भएकोले सामान जोखो गर्न हतार थियो तर पनि बुढाले पठाएको सामान लिन भाइलाई मेहेलकुना सम्म बाइकमा छोड्न लाउछिन् । छिन्चु पुगेकि प्रेमा श्रीमानले पठाएको कोसेली बुझि छिट्टै घरमा फर्किने आशामा छिन्चु पुगेकि हुन्छिन् । तर श्रीमान नै मृत्युको कोसेली बोकेर आएको प्रेमाले चालै पाइनन् । अन्ततः शनिवार राति भेरिगंगा-१२ झिगाने डम्पिङ साइडको सानो खोल्साको कोप्चामा श्रीमानले सदाका लागि चिर निन्द्रामा सुताएर फर्किन्छन् ।
आइतबार बिहान थाकल (खजुरी) खान गएका मानिसहरुले घोप्टो पारि पल्टिएको अपरिचित शव देखेसि पुलिसलाई खबर गर्छन् । जिल्ला प्रहरी सुर्खेत र मातहतको ईलाका प्रहरी छिन्चुबाट अनुसन्धान सुरु हुन्छ । माइतीघरबाट अघिल्लो दिन छिन्चु गएकि प्रेमा त्यो अबस्थामा छिन् भन्ने अट्कल सम्म कसैले गर्न सकेन । अन्ततः दिउस माइती पक्ष जादा शव पहिचान भयो प्रेमा नै हुन् भनेर । त्यस पछि प्रहरीले मृतकका श्रीमान् दर्शन खत्रीलाई पछ्याउदै गयो र उनलाई गुर्भाकोट-५ थग्लेनी घरबाट नै समातियो । तर उनले शोमबार बेलुका ४ बजेसम्म पनि प्रहरीलाई आफुले मारेको स्विकारेनन् । अन्ततः उनले हत्यारा आफै भएको स्विकारे । आफू परस्त्री् संग लागेको परिवारलाई सहयोग नगरेको , नेपाली सेनामा भए पनि घरमा श्रीमती , छोरीलाई समेत नहेरेको यावत कुराहरु सिङ्गो समाजलाई थाहा हुदाहुदै पनि झुट्टा बयान गरे कि श्रीमतीको मोबाइलमा परपुरुषको फोटो देखे भनेर तर उनले त्यो प्रमाण भने पेश गर्न सकेका छैनन् । उनले श्रीमतीको मोबाइल कब्जामा लगि भेरिमा फालिदिएको बताएका छन् । ती प्रेमाको हाते कालो सानो ब्याग र घाटिमा लगाएको सिक्रि अझै भेटिएको छैन ।
उनलाई अदालतले सोमबार ५ दिनका लागि थप अनुसन्धान गर्न म्याद थपेको छ । माइती पक्षले पनि सोही दिन किटानी जाहेरी गरेको छन् । हत्यारा उनका श्रीमान् दर्शन खत्री नै हुन् भनेर ।
दर्शन खत्रीले आफू परस्त्री संग भएको अनैतिक सम्बन्ध लुकाउन यस्तो गरिएको जानकारहरु बताउछन् । उसका तीन जना महिला संग सम्बन्ध भएको भन्ने हल्ला चलेको कारण नेपाल प्रहरी अहोरात्रा अनुसन्धानमा खटिएको छ । निजले गरेका कल डिटेल मेसेज समेत हेर्ने काम भैरहेको छ । अनुसन्धानमा सहज सहयोग गरिदिन जिल्ला प्रहरी उपरीक्षक रुपेश खड्का बताउनु हुन्छ ।
आज पोष्टमार्टम परेर घरपरिवारले शव बुझेर ल्याएको छ । दर्शन नाबाल हुँदै बुवा बितेको र आमा अन्तै बिहे गरि गएसि हजुर आमा, फूपू र अंकलहरुको पालनपोषण बाट हुर्केका ब्यक्ति हुन् । उनी यतिबेला नेपाली सेनामा कार्यरत ब्यक्ति हुन् । उनका कान्छा अंकल , मृतक प्रेमाका कान्छा ससुराले शवलाइ सुर्खेतबाट गुर्भाकोट -६ तोरिबारि माइतीघर ल्याएर आफन्तलाा देखाइ पुन: गुर्भाकोट-५ थग्लेनी घरमा लगेर हिन्दु संस्कार अनुसारको कर्मकाण्ड गरि मेहेलकुनाको घाटमा अन्तिम दाहसंस्कार गर्न ल्याइएको हो । जहाँ ५ बर्षिय छोरी कृष्टि खत्रीले दागबत्ती दिएर आमाको अन्तिम बिदाइ गरिन् र नमस्कार गरिन् । कृष्टिले आमा सुर्खेत बजार गएको र मामाको बिहेमा भोलि आऊने र आज पुजा भएको कुरा गरिन् । यो रिपोर्टरको त्यतिबेला आँसु थाम्न सकेन । बाकि भिडियोमा आऊनेछ ।


प्रतिक्रिया दिनुहोस्