२०८२ कात्तिक १२ , बुधबार

साण्डिल्य गोत्रीय सिंह ठकुरीहरुको वंशावली (पुस्तक) विमोचन कार्यक्रम सम्पन्न ।



मिति २०८२ साल जेठ १० गते साण्डिल्य गोत्रीय सिंह ठकुरीहरुको वंशावली (पुस्तक) विमोचन कार्यक्रम मध्यकालिन समयमा सिहं ठकुरीले राज्य गरेको सिम्ता राज्यको राजधानी लापुको देउलीमा भव्य कार्यक्रमकावीच सम्पन्न भएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा तत्कालिन समयमा भारतको सिरमोर राज्यबाट सँगै सिम्ता आउनु भएका चाबुल्य बाहुनका खलक (सन्तान), कर्णाली प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री एवम यो क्षेत्रका माननिय खड्ग पोखरेल रहनु भएको थियो । विशेष अतिथिमा सिम्ता गा .पा. अध्यक्ष ऐन बहादुर चन्द, मध्य पश्चिम विश्वविद्यालयका पुर्व डीन एवम प्राज्ञ पिताम्बर ढकाल, सिम्ता गा. पा. उपाध्यक्ष गोमा शर्मा रेग्मी, सशस्त्र प्रहरी बल काठमाडौँमा कार्यरत DSP राजेश सिंह ठकुरी रहनु भएको थियो । अथितिहरुमा सिम्ता गा. पा. का संस्थापक अध्यक्ष कविन्द्र कुमार के.सी., विभिन्न वडाका वडाध्यक्ष ज्यूहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका वि. व्य. स. अध्यक्ष, प्रधानाध्यक, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
साण्डिल्य गोत्रीय सिंह ठकुरीहरुको वशावली प्रकाशन समितिका संयोजक साहित्यकार पृथ्वी बहादुर सिंहको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन प्रकाशन समिति तथा आर्थिक समितिका सह-संयोजक भुपाल सिंह ठकुरीले गर्नु भएको थियो भने मान सिंह ठकुरीले स्वागत मनतव्यद्वारा अतिथि ज्यूहरु तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो। कार्यक्रममा विशेष अतिथि प्राज्ञ पिताम्बर ढकालले पुस्तकको समालोचना गर्नुभयो । प्रमुख अतिथि माननीय खड्ग पोखरेल र विशेष अतिथि ऐन बहादुर चन्द र गोमा शर्मा रेग्मीले सिम्ताको ऐतिहाकिस ठाउँ राजकाँडा दरबारमा सङ्ग्राहलय निर्माण गरी सुर्खेत जिल्लाकै एक पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा झ्यामाबाट तेजविक्रम सिंहको नेतृत्वमा र लापुबाट लिल बहादुर सुनारको नेतृत्वमा सिङगारु नाच प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका वक्ताहरुले आफ्नो इतिहास, कुल, वंश आदिको बारे गहिरो अध्ययन गरी आधुनिक मोडेलको वंशावली प्रकाशन गरेकोमा शुभकामना दिदै अन्य वंश/गोत्रीहरुले पनि साण्डिल्य गोत्रीको यो ऐतिकासक कामबाट सिक्नुपर्ने बताउनु भयो । साथै वंशावलीले सिम्ता क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनसमुदायहरुलाई एकताको सुत्रमा बाँधी अगाडी बढन प्रेरित गर्ने पनि बताउनु भयो ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार