२०८२ कात्तिक १२ , बुधबार

रोजगार दिलाइ दिन्छु भनि नेटवर्क बनाइ ठगी गर्ने गिरोह पक्राउ



वीरेन्द्रनगर, सुर्खेत ।

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि मार्फत ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा बिभिन्न जिल्लाका बेरोजगार युवायूवतीलाइ सिप सिकाइ राम्रो तलब सुबिधा सहित रोजगारी दिलाउने भनि बार्षिक रु.२०,०००/- ( बिस हजार ) तिरेर खाना बस्न सहित घर भाडा कोठामा राखी नेटवर्किङ मार्केटिङ गरी बिभिन्न प्रलोभनमा पारी आफु मातहत नेटवर्कमा नया सदस्यलाइ आबद्द गराइ प्रति व्यक्ति रु २,६०,०००/- देखि ५,००००/- सम्म रकम जम्मा गर्न लगाई स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिले पिडितहरुबाट करोडौ रकम ठगी गरेकाले ठगी गर्ने कम्पनीका संचालक कर्मचारीहरु लाई कानून बमोजिम हदै सम्मको कारबाही गरी पाउँ भन्ने जाहेरी दरखास्त दिएका छन् । सोहि अनुसार संचालक नरेश बोहरा सहित ८ जना कर्मचारीलाइ आवश्यक छानबिनका लागी सुर्खेत जिल्ला प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेहरुमा,
१. जिल्ला डोटी सायल गा.पा वडा नं. २ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लिको संचालक बर्ष अ.२६ को नरेश बोहोरा
२. जि. दार्चुला महाकाली गा.पा वडा नं.४ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको व्यबस्थापक/ कर्मचारी बर्ष अ.२४ को कृष्ण धामी
३. जिल्ला अछाम कमल बजार न.पा ६ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको व्यबस्थापक/ कर्मचारी बर्ष २४ को कमल शाही
४. जिल्ला अछाम कमल बजार न.पा ६ बस्ने हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको व्यबस्थापक/ कर्मचारी बर्ष २२ को रबिन्द्र शाही
५. जिल्ला कन्चनपुर महाकाली नगरपालिका वडा नं.२ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको व्यबस्थापक/ कर्मचारी बर्ष २२ की मनिषा सिंह
६. जि.कन्चनपुर बेल्डाडी गा.पा वडा नं.१ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको कर्मचारी बर्ष अ.२१ की निर्मला धामी
७. जि. बैतडी सिगास गा.पा वडा नं.६ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको कर्मचारी बर्ष २२ की सुनिता साउद
८. जि. डोटी बडिकेदार गा.पा वडा नं.४ घर भई हाल जि.सुर्खेत वी.न.न.पा मा रहेको उक्त प्रा.लिको कर्मचारी वर्ष २२ की कमला चिमाला रहेका छन् । निजहरुलाइ पिडितहरुको जाहेरीमा पक्राउ गरीएको हो । जिप्रका सुर्खेतले आज प्रेस विज्ञप्तिमा बताएको छ ।

कमिसन, जागिर र वैदेशिक भ्रमणको प्रलोभनमा फसेको पिडितहरले बताएका छन् । बैजनाथ गाउँपालिका ३ कि पवित्रा बुढा विगत १ बर्ष देखि आफु यसमा आवद्ध भएको तर उनीहरुले भनेको जस्तो केहि नपाएको उनी बताउछिन् । उनले दुई पटक गरेर ६ लाख ६० हजार दिएको हामीलाई बताईन् । त्यसै गरी लेकबेशी न पा ३ दशरथपुर सुर्खेतकी सुस्मिता बिक बिगत १० महिना देखि लागेको र पहिला नगद रु ४ लाख ६० हजार दिएको पछि अफिसको खातामा ८० हजार ड्रेसको ३ हजार र होस्टेल बार्षिक भाडा रु २० हजार दिएको कुरा हामीलाई बताइन् । आफुहरु फसेको तर त्यो कुरा कसैलाई नबताउन होस्टेलमा भनिन्थ्यो । फोनमा समेत कसैलाइ नबताउन भनेता पनि मान्छे बनाउन भने भनिन्थ्यो । मुलपानी, ढोडेखालीका केहि घरहरु भाडामा लिएर होस्टेल बनाई राखेको पिडितले बताएका छन् । ति धेरै होस्टेलहरुमा भने प्रहरीले छापाहानी धेरैलाई ल्याएर सोधपुछ गरी छोडेको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार