काठमाडौं भाद्र २९ । प्रधानमन्त्री सुशिला कार्कीले आज पदभार ग्रहण गर्नु भएको छ । देशभर चलेको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आइतबार (भदौ २९) मुख्यसचिव एकनारायण अर्यालले मृत्युको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनका अनुसार प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जनाको ज्यान गएको छ ।
सरकारले मृत्यु भएका सबैलाई सहिद घोषणा गर्ने र उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्कीले आन्दोलन गर्ने नेपाली हो भने ताकिताकि राष्ट्रको संवेदनशील कार्यालयलाई मात्रै किन क्षति पुर्याएको भनी प्रश्न गर्नु भयो । यदि उसले म नेपाली हुँ भन्न पनि लाजमान्नु पर्ने भनी बताउनु भयो । कार्यक्रममा शोक व्यक्त गर्दै देशलाई शान्तिपूर्ण बाटोमा अघि बढाउन सबै पक्षसँग आग्रह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्