२०८२ कात्तिक १२ , बुधबार

डुंगेश्वरका लेखा अधिकृत कार्की सुर्खेतमा एक लाख घुससहित पक्राउ



सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं बाट आएको टोलिले बिहीबार राति वीरेन्द्रनगरको मंगलगढी चोक बाट नगद एक लाख घुस सहित उनलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
अख्तियारका अनुसार कार्कीलाई एक निर्माण व्यवसायी संग घुस सहित पक्राउ गरिएको र पक्राउ बारे आयोगले केही समयमा सुर्खेतबाट औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार