२०८२ कात्तिक १२ , बुधबार

सुर्खेतमा सवारी दुर्घटना, १७ जना घाइते



सुर्खेत, २०८२ असोज १२ —
आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ठुलो ब्युरेनि स्थित रत्न राजमार्गमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ ख ११२९ नम्बरको ई–भि गाडी अनियन्त्रित भई दुर्घटनामा परेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार गाडी आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालकसहित सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूको प्राथमिक उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ।

घाइतेहरूको विवरण यसप्रकार छः

चालक हरी मल्ल (३८, सुर्खेत बराहताल–४) – कम्मरमा चोट, अवस्था मध्यम।

दिपेन्द्र दमाई (१८, जुम्ला चन्दननाथ–१) – बाँया हातमा चोट, अवस्था सामान्य।

महेन्द्र शाही (२८, जुम्ला सिंजा–५) – बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

लाल ब. शाही (३८, वीरेन्द्रनगर–३) – बाँया गालामा चोट, अवस्था सामान्य।

लक्ष्मी कठायत (२७, सुर्खेत) – बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

नरेश शाही (३८, वीरेन्द्रनगर–११) – नाकमा चोट, अवस्था सामान्य।

पर्शुराम घर्ती मगर (३५, लेकबेशी–६) – बाँया कुहिनोमा चोट, अवस्था सामान्य।

शम्सेर खड्का (२३, दैलेख दुल्लु–६) – बाहिरी चोटपटक नदेखिएको, अवस्था सामान्य।

देउती नर्सिङ होम अस्पतालमा उपचाररतः

लक्ष्माण कार्की (३०, दैलेख दुल्लु–११) – टाउकोमा चोट, अवस्था सामान्य।

राज्य लक्ष्मी हमाल (२४, जुम्ला सिंजा–३) – दुबै हातखुट्टामा चोट, अवस्था सामान्य।

गणेश योगी (२६, दैलेख दुल्लु–१०) – दुबै हातमा चोट, अवस्था सामान्य।

रोशन बि.क. (२२, कालिकोट पचाल झरना–३) – घाँटीमा चोट, अवस्था सामान्य।

ऐन रोकाय (२२, जुम्ला सिंजा–४) – छातीमा चोट, अवस्था सामान्य।

रक्षा धिताल (१६, वीरेन्द्रनगर–१) – दुबै हातमा चोट, अवस्था सामान्य।

बिष्णु शाही (२२, वीरेन्द्रनगर–५) – टाउको, हात र खुट्टामा चोट, अवस्था सामान्य।

दिनेश शाही (३२, मुगु सोरु–९) – छाती र टाउकोमा चोट, अवस्था सामान्य।

श्री परियार (२१, जुम्ला चन्दननाथ–१) – कम्मर र हातमा चोट, अवस्था सामान्य।

दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र थप उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार