२०८२ कात्तिक १२ , बुधबार

सुर्खेतमा ५.५४० ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ



सुर्खेत ।  विशेष सूचनाका आधारमा सुर्खेत प्रहरीले ५ ग्राम ५४० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–११ सुब्बाकुनाबाट पक्राउ परेकामध्ये एक स्थानीय र अर्का ऐरादेखि आएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, मिति २०८२ साउन २८ गते राति ९ बजे लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयुक्त टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर १८ वर्षीय किरण थापा र २२ वर्षीय विक्रान्त वलीलाई शंकास्पद अवस्थामा भेटी शरीर खानतलासी गर्दा शुद्ध ५.५४० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरिएको छ। म्याद थपको प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार