सुर्खेत , बिरेन्द्र सुर्खेतमा रहेको सिद्धार्थ होटलमा आज नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन गोष्टि आज कर्णाली प्रदेश स्तरीय कार्यक्रम भइ सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्य र रणनीतिको बारेमा प्रकाश पार्दै सो कार्यक्रमका विशेष अतिथि तथा यस कार्यक्रमका सचिवालय सदस्य कृष्ण चन्द्र पाैडेलले तल्लो तहबाट आएका राय सुझाव अनुसार अगाडि बढ्ने कुरा बताउनु भयो ।
कर्णाली प्रदेश सरकारका वन तथा वातावरणमन्त्री सुरेश अधिकारी ज्युले यस विषयलाई प्रदेश सरकारले गहन रुपमा लिएको बताउनु भएको छ ।
बाग्मती प्रदेश सभा सदस्य माननीय भारति पाठकले यो जैविक विविधता संरक्षण गर्न सबैको हक अधिकारलाई उत्तिकै महत्व दिन हुन भन्ने कुरा बताउनु भयो । वन, कृषि, जलचर, चरिचरण मैदान, बन्यजन्तु सबैको बारेमा सोच्नु पर्ने बेला आएको बताउनु भएको छ ।
कार्यक्रमका सभाध्यक्ष तथा कर्णाली प्रदेश वन निर्देशनालयका वन निर्देशक शेरबहादुर श्रेष्ठले पनि यस्तो कार्यक्रम आज मात्रै नभएर सदा सदा निरन्तर गर्नु पर्ने वताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्