सुर्खेत, भदौ ४ –
गुर्भाकोट नगरपालिकामा “स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन र अन्तरव्यक्ति सञ्चार क्षमता अभिवृद्धि” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखामा गुर्भाकोट नगरपालीका स्तरिय नसर्ने रोग सम्बन्धि गुर्भाकोटनगरपालिकामा सामाजिक ब्यबहार परिवर्तन र अन्तर ब्यक्ती सन्चार स्वास्थकर्मी लाई २ दिने तालिम सोसेक नेपाल दैलेखद्वारा युनिसेफको सहयोगमा भएको हो । प्रशिक्षक बिनयदिप लामा, सहजिकरण युनिसेफ बाट शशीकला पाण्डे, बिबेक रिजाल र सोसेक नेपालबाट जनक थापा र रिता ठकुरीले गर्नु भएको हो । सोसेक नेपाल दैलेखद्वारा युनिसेफको सहयोगमा को सहकार्यमा भदौ ३ र ४ गतेसम्म तालिम सञ्चालन भएको हो। तालिममा २५ जना स्वास्थ्यकर्मी सहित ३७ जनाको सहभागिता रहेको थियो।
तीन समूहबाट समस्या र सन्देश प्रस्तुत
समापन दिन सहभागीहरूलाई तीन समूहमा विभाजन गरी प्रस्तुत गराइएको थियो।
व्यक्तिगत तथा परिवार समूहका टिम लिडर गिता रेग्मीले समस्या, कारण, जोखिम, फाइदा र सन्देशबारे धारणा राखिन्।
स्वास्थ्यकर्मी समूहका टिम लिडर निरक शर्माले स्वास्थ्य सेवा क्षेत्रमा देखिने समस्या, त्यसका कारण, जोखिम र फाइदाबारे प्रष्ट पारे।
जनप्रतिनिधि समूहका टिम लिडर प्रेमबहादुर खत्रीले जनप्रतिनिधिको दृष्टिकोणबाट समस्या, कारण, जोखिम, फाइदा र आवश्यक सन्देश प्रस्तुत गरे।
धन्यवाद ज्ञापन र शुभकामना
समापन सत्रमा सोसेक नेपाल सुर्खेतकी स्रिष्टि बाठा मगरले तालिमलाई उपलब्धिमूलक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। त्यसैगरी नगर उपप्रमुख मैना बिकले तालिमले समाजमा व्यवहार परिवर्तन र स्वास्थ्य सचेतनामा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै शुभकामना दिइन्।
प्रमुखको जोड– रोग लाग्नै नदिने जीवनशैली
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख हस्त पुनले हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आमा समूह, महिला समूह र स्थानीय निकायमार्फत यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै रोग लागेपछि मात्र उपचारमा सीमित नभई रोग लाग्नै नदिने जीवनशैली विकास गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार नगरपालिकाका १४ वटै वडामा उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा अन्य रोगहरूको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।
सञ्चालन र सहजकर्ता
कार्यक्रम सञ्चालन तथा सहजकर्ताको भूमिका स्वास्थ्य शाखा प्रमुख पुर्ण घर्तीले निर्वाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्