
सल्यान । “आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकास हाम्रो शान — कुपिण्डे दह बनगाडवासीको पहिचान” भन्ने मूल नारासहित बनगाड कुपिण्डे नगरपालिकामा नगर अस्पतालको भव्य उद्घाटन गरिएको छ ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक मन्त्री घनश्याम भण्डारीले प्रमुख अतिथिको रूपमा अस्पतालको उद्घाटन गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीसँगै पूर्व मन्त्री भिम प्रकाश शर्मा, जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, पूर्व नगर प्रमुख गोविन्द पुन, उप–प्रमुख पुरुषोत्तम आचार्य लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ नगर अस्पताल सञ्चालनमा आएपछि बनगाड कुपिण्डे क्षेत्रका स्थानीयबासीलाई सहज र गुणस्तरीय स्वास्थ सेवा पाउने अपेक्षा गरिएको छ। समारोह उत्साहजनक वातावरणमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्