
काठमाडौं । आज माघे संक्रान्तिको अवसर पारेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले नयाँ कार्यसमिति घोषणा गरेको छ। भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिएको हो।
बन्दसत्रमा लामो समयसम्म नाम वाचन र राजनीतिक मन्तव्यहरू प्रस्तुत भएपछि करिब दिउँसो १२ बजेपछि कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको थियो। विशेष महाधिवेशन संस्थापन पक्षको असहमतिकाबीच आयोजना गरिएको भए पनि अन्तिम सहमति हुन नसकेपछि नयाँ समिति सार्वजनिक गरिएको हो।

महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा चयन भएका छन्।
नेताहरूका अनुसार नयाँ कार्यसमितिले आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने तयारी गरेको छ। सभापतिमा चयन भएपछि गगन थापाले निर्वाचन आयोग निष्पक्ष रहने विश्वास व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस्