दैलेख । दैलेखमा वयस्क चितुवा मृत फेला परेको छ । दुल्लू नगरपालिका–३ देउटाकुरा बस्तीमा बिहीवार बिहान चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिए ।
मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले विष हालिदिँदा चितुवा मरेको हुनसक्ने अधिकारीहरूको अनुमान छ । मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ । घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताए ।
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्