२०८२ माघ १९ , सोमबार

गुर्भाकोटमा ८ जना युवा वाइसीएल नेपालमा प्रवेश



गाेपाल बिटालु, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपालमा करिब ८ जना युवाहरू औपचारिक रूपमा प्रवेश गरेका छन् । मंगलवार आयोजित एक विशेष कार्यक्रमका बीच ती युवाहरूलाई वाइसीएल नेपालमा स्वागत गरिएको हो ।

उनीहरूले विगतमा आवद्ध विभिन्न संगठन परित्याग गर्दै वाइसीएलमा प्रवेश गरेको वाइसीएल सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष सज्जन शर्माले जानकारी दिए । कार्यक्रममा वाइसीएलका केन्द्रीय सदस्य डिवी विकास वली, उपाध्यक्ष सज्जन शर्मा, माओवादी गुर्भाकोट नगर कमिटी अध्यक्ष यज्ञ विक, इन्चार्ज मोति विक लगायतको उपस्थिति रहेको थियो ।

उनीहरूकै सक्रिय पहलमा ती युवाहरूलाई संगठनमा प्रवेश गराइएको हो । वाइसीएलका नेताहरूले नवप्रवेशीहरूप्रति आभार व्यक्त गर्दै संगठनलाई सशक्त बनाउने दिशामा उनीहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

माओवादी गुर्भाकोट नगर कमिटी अध्यक्ष यज्ञ विक

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार