२०८२ कात्तिक १२ , बुधबार

भारतबाट हराएका दुई दिदिबहिनी भक्तपुरमा झु*ण्डिएको अबस्थामा फेला परे।



भक्तपुर ।
तीन साता अघिदेखि हराइरहेका सुर्खेत पञ्चपुरी नगरपालिका–८ तिनकुनेका दुई किशोरी आज बिहान भक्तपुरको बोडे क्षेत्रमा मृ*त फेला परेकी छन्। १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भारतको मुम्बई स्थित मिरा भाइन्दर क्षेत्रमा आमाबुवा सँग बस्दै आएकी थिइन। उनका बुवा बालाराम (बासुदेव) कँडेल र आमा उमा कँडेल भारतमै रोजगारी गर्दै आएका थिए।

तीन साता अघि ‘कम्प्युटर कक्षा जान्छौं भनेर घरबाट निस्किएका दिदीबहिनी बेलुका सात बजेसम्म पनि फर्किएका थिएनन्। आमा उमाले फोन गर्दा सम्पर्क हुन सकेन। केही समयपछि कान्छी छोरी सृजनाबाट म्यासेज आयो, हामी यहाँ छैनौँ, बैंगलोर गयौँ, पैसा कमाएर मात्र फर्कन्छौं। छोरीहरू बेपत्ता भएपछि कँडेल दम्पतीले भारत र नेपाल दुवैतिरका प्रहरी तथा सम्बन्धित निकायसँग सम्पर्क गरेका थिए। तर २४ जुलाई बिहीबार बिहान भत्तपुरमा दुबै जना मृ*त अवस्थामा भेटिएको खबर कर्णाली रिपार्टर्सलाई मृ*तकका आफन्तले बताए ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार