२०८२ कात्तिक १२ , बुधबार

लागुऔषध (नाइट्राजेपाम) २४३ ट्यावलेट सहित २ जना पक्राउ ।



सुर्खेत ,
आज मिति २०८२।०४।०८ गते २०;०० बजेको समयमा जिल्ला सुर्खेत वी.नपा वडा नं ३ स्थित सुर्खेतमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला सुर्खेत वीनपा वडा नं. ३ बस्ने वर्ष २९ को कमल कार्की र जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं.६ घर भई हाल जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.३ बस्ने बर्ष २१ को ध्वनिल मल्ललाई शंकास्पद अवस्थामा फेला पारी निजहरुको शरिर खानतलासी गर्दा निजहरुको साथबाट लागुऔषध (नाईट्राजेपाम) जम्मा २४३ ट्याब्लेट सहित फेलापारी बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिई जिप्रका सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको कुरा बताइएको छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार