२०८२ मंसिर ११ , बिहीबार

तेस्रो वडा अध्यक्ष कप–२०८२ सुरु, खेलकुदले स्वास्थ्य र एकता सुदृढ गर्छ : वडाअध्यक्ष बीसी



सुर्खेत , कार्तिक २२।

गुर्भाकोट नगरपालिका–११ आमसोतीमा आजदेखि तेस्रो वडा अध्यक्ष कप–२०८२ फुटबल प्रतियोगिता सुरु भएको छ ।
शनिवार मिति २०८२ कार्तिक २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन समारोह ११ नम्बर वडा अध्यक्ष राजन बीसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिका–१० का वडा अध्यक्ष थमन खत्री रहेका थिए । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, वडा सदस्यहरू, व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलकुदकर्मी तथा खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बीसीले भने,

> “खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र समाजिक एकताको भावना जगाउने काम गर्छ । युवाहरुलाई नकारात्मक बाटोबाट टाढा राख्दै सकारात्मक ऊर्जातर्फ अभिमुख गराउन यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्‍याउँछ ।”

त्यस्तै प्रमुख अतिथि खत्रीले खेलकुदले व्यक्तिको स्वास्थ्य मात्र नभई समाजमा भाईचाराको सम्बन्ध विस्तार गर्ने माध्यम भएको बताउँदै प्रतियोगितामा सहभागी सबै टोलीलाई शुभकामना व्यक्त गरे ।

आर्थिक सहयोग गुर्भाकोट नगरपालिका–११ नम्बर वडा कार्यालयले गरेको र आयोजना वडा खेलकुद विकास समितिले गरेको हो ।

उक्त प्रतियोगितामा वडा भित्रका विभिन्न टोल तथा क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ । आयोजक समितिका अनुसार विजेता टोलीलाई आकर्षक पुरस्कारका साथ सम्मान गरिने छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार