काठमाडौं , अहिले सम्म निर्वाचन आयोगबाट हामिलाई प्राप्त जानकारी अनुसार निम्नानुसार मत परिणम आएको बताईएको छ । ग्रामथान गाउँपालिका ,मोरङ अध्यक्ष को लागि पछिल्लो परिणाम हसिया हथौड़ा ४८०२ बिजयी भएका छन् भने , रुख ३१४४, सुर्य २१३८ मत प्राप्त गरेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ गोरखा मा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार क. विष्णु राना विजयी हुनु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी हुनु भएको छ । उहाले २,९०२ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा ५ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।
१. शुद्धोधन गाउँपालिका-१: – मोहमद ताहिर मुसलमान
२. रामगोपालपुर नगरपालिका-२: – सकिवुल खाँ
३. दुल्लु नगरपालिका-१३:- लालबहादुर शाही
४. मोलुङ गाउँपालिका-५: – गंगाबहादुर तामाङ
५. सिरीजंगा गाउँपालिका-३:- कुमारी सावादेन
स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष जितेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार विजयी भएका स्थान यसप्रकार छन् ।
१. हेटौँडा उपमहानगरपालिका-१२: अर्जुन प्रसाद भण्डारी
२.भीमदत्त नगरपालिका-६: प्रकाश चन्द
३ ठाकुरबाबा नगरपालिका-४: अमिन थारु
४. गढी गाउँपालिका-६ : – तेतर साहु
५. राजपुर नगरपालिका-६: – समसे आलम
६. रुन्टीगढी गाउँपालिका-४: – भुपमणि पुन मगर
७.ईशनाथ नगरपालिका-७: – शेख अब्दुल खलिक
८.सानीभेरी गाउँपालिका-५ रुकुम पश्चिम : – मोतीराम खत्री
९.कीर्तिपुर नगरपालिका-१ काठमाडौं :- इच्छा कुमार महर्जन
१०.पूर्वीचौधी गाउँपालिका-६:- मोहन थापा
११. लालीगुराँस नगरपालिका-८:- नगेन्द्र लिम्बु
१२. दुहुँ गाउँपालिका-५:- धनसिंह कुँवर
१३. कुशे गाउँपालिका-७ जाजरकोट :- खम्ब बहादुर सिंह
- कर्णाली समाचार
- प्रदेश १ (कोशी)
- प्रदेश २ (मधेश)
- प्रदेश ३ (बागमती)
- प्रदेश ४ (गण्डकी)
- प्रदेश ५ (लुम्बिनी)
- प्रदेश ६ (कर्णाली)
- प्रदेश ७ (सुदुर पश्चिम)
- राष्ट्रिय समाचार