२०८२ माघ १९ , सोमबार

पत्रकार महासंघ सुर्खेतको सूचना अधिकारीमा खड्का



सुर्खेत,  नेपाल पत्रकार महासंघ सुर्खेतको सूचना अधिकारीमा जिम्मेवारी सुशील खड्कालाई दिइएको छ । आज शाखाका अध्यक्ष सुशील राज शर्माको अध्यक्षतामा बसेको पाँचौ कार्यसमिति बैठकले खड्कालाई सूचना अधिकारी बनाउने निर्णय गरेको हो ।

पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघको निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिहरूलाई सार्वजनिक गर्न जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी तोकिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । खड्का नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष समेत हुन् ।

साथै आज बसेको कार्यसमिति बैठकले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत २० गते बुधबार