२०८२ कात्तिक १२ , बुधबार

२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज



आज राष्ट्रिय धान दिवस देशभरी भव्य रूपमा मनाइएको छ । राष्ट्रपतिदेखि कृषिमन्त्री रोपाइँमा सहभागी भए । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएको थियो । रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए ।
१५ असारसम्म देशभरी २० प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागका साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार देशभरी १३ लाख ९१ हजार ३२१ धान रोपाइँ हुने क्षेत्रमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ भएको हो । जुन कुल रोपाइँ हुने क्षेत्रको २०.३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । गत वर्ष १६ असारसम्ममा २१.३ प्रतिशत रोपाइँ भएको थियो ।

आज यता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि रोपाइ कार्यक्रम गरिएको छ । जीवन ज्योति सहकारीको आयोजना तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालीका, कृषि क्षेत्र विकास कार्यक्रम र विभिन्न विकास साझेदारहरुको सहकार्यमा धान वालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरताू भन्ने मुल नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । वीरेन्द्रनगर १० घुस्रा, सुर्खेतमा रोपाइ कार्यक्रममा मुख्यमन्त्री सहित बिशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार