सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छली गरी ओसारपसार गरिएका विभिन्न खाद्य तथा पेय पदार्थसहितको ई–भि गाडी नियन्त्रणमा लिएको छ। बरामद गरिएको सामानको अनुमानित मूल्य रु. ४१ लाख १४ हजार ८८० रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, मिति २०८२ साउन २८ गते साँझ ६ बजे विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–११ सुब्बाकुना सडक खण्डमा खटिएको प्रहरी टोलीले बा.प्र.०३–००१ ज.०६७६ नम्बरको ई–भि गाडी चेकजाँच गर्दा बिल–बिजकविना विभिन्न सामान लोड गरिएको भेटिएको हो।
गाडी जिल्ला सुर्खेत वीरेन्द्रनगर–१० बस्ने बालकृष्ण खड्काले सञ्चालन गर्दै ल्याइरहेका थिए। उक्त गाडीमा पास्ता २० केजीका ६ बोरा, पानीपुरी बनाउन प्रयोग हुने ३० केजीका १९ बोरा चिनी, चोसो पेयपदार्थ (डिउ) ५० थान, मिक्स जुस २४ थान, काजु २० प्याकेटसहितका सामान बरामद गरिएको हो।
प्रहरीका अनुसार, बरामद ई–भि गाडी र सामानहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्