२०८२ कात्तिक १२ , बुधबार

सुर्खेतमा लागुऔषधसहित एक युवक नियन्त्रणमा



सुर्खेत, भदौ ५ – सुर्खेत प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । मंगलवार दिउँसो १ः३० बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकस्थित लागुऔषध शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले २१ वर्षीय चक्र ब. शाहीलाई शंकालागि चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा शाहीको साथबाट नापतौल नगरेको अवस्थामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ २३ पुडिया बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थको नापतौल गर्दा शुद्ध तौल ८०० मिलिग्राम रहेको पुष्टि भएको छ ।

बरामद सामान सहित शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार