२०८२ कात्तिक १२ , बुधबार

सुर्खेतमा जुवा तास खेल्दै गरेका ७ जना पक्राउ



सुर्खेत, भदौ २७ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

मिति २०८२ भदौ २६ गते साँझ ७ः३० बजे जिल्ला सुर्खेतको बिरेन्द्रनगर–६ स्थित सन्देश रावतले सञ्चालन गरेको टास्किङ होटल मा जुवा तास खेल भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा खटिएको टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा नगद रू.६०,००० सहित निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छः

सुर्खेत बिरेन्द्रनगर–६ का ३० वर्षीय देवेन्द्र अधिकारी

ऐ.ऐ. बस्ने ३४ वर्षीय धर्म भण्डारी

ऐ.ऐ. बस्ने २० वर्षीय तिलक प्रसाद पौडेल

ऐ.ऐ.–४ बस्ने ३१ वर्षीय गणेश खड्का

ऐ.ऐ. बस्ने ३३ वर्षीय टेकबहादुर गिरी

ऐ.ऐ.–८ बस्ने ३१ वर्षीय रविन्द्र थापा

ऐ.ऐ.–६ बस्ने ३२ वर्षीय तेजराम पाण्डे

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले राखेको र बरामद नगद तथा सामग्री समेतको विवरण संकलन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार