२०८२ कात्तिक १२ , बुधबार

कर्णालीमा सुरक्षा समन्वय बैठक सम्पन्न, चाडपर्व लक्षित विशेष सुरक्षा योजना



सुर्खेत, भदौ ८ —
कर्णाली प्रदेशमा चाडपर्व नजिकिँदै गर्दा शान्ति–सुरक्षा व्यवस्थामा चनाखो रहन विशेष तयारी थालिएको छ। सोमबार कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक मुख्यमन्त्री यामलाल कँडेलकाे अध्यक्षतामा सम्पन्न भई आगामी दिनमा थप सशक्त सुरक्षा रणनीति अपनाउने निर्णय भएको छ।

बैठकमा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, डिआइजी माधव श्रेष्ठ, सशस्त्र प्रहरी महेश्वरी बाहिनीका कार्यवाहक बाहिनीपति विनोदराज श्रेष्ठसहित प्रदेश तहका सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकले मुलुकको पछिल्लो परिस्थिति र नजिकिँदै गरेका विजयादशमी, तिहार, छठलगायतका चाडपर्वलाई ध्यानमा राख्दै यातायात व्यवस्थापन सहज बनाउन तथा आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन सम्पूर्ण सुरक्षा निकायबीच घनिष्ठ समन्वयमा काम गर्ने निर्णय गरेको छ।

साथै, चाडपर्वमा जनमानसमा शान्ति, विश्वास र सुरक्षाको वातावरण कायम गर्न सबै निकायलाई आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउन आह्वान गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार