कालिमाटी ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ र ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ७ मा पौष १७ गते र वडा नम्बर ६ मा पौष १८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।
वडा नम्बर ७ मा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्सिलता वली डिसी, वडाध्यक्ष मित्रलाल रिजाल, दीप बहादुर वली, वडा सदस्यलगायतको उपस्थितिमा २४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गर्दै सम्मान गरिएको थियो।
यसैगरी वडा नम्बर ६ मा वडाध्यक्ष टेकराज पुलामी, वडा सदस्यहरू, दीप बहादुर वली तथा गोविन्द खड्काको उपस्थितिमा ८० वर्षभन्दा माथिका ११ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ।

गाउँपालिकाका अनुसार आगामी दिनहरूमा पनि विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिनेछ। पौष १९ गते वडा नम्बर ५ का २१ जना, पौष २० गते वडा नम्बर ४ का ३२ जना र पौष २१ गते वडा नम्बर १ का ३४ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने जनाइएको छ।
पालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार जाडो मौसममा जेष्ठ नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो। यसअघि वडा नम्बर २ र ३ का ८० वर्षमाथिका ६८ जना जेष्ठ नागरिकलाई समेत न्यानो कपडा वितरण गरिसकिएको पालिकाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्