२०८२ माघ १९ , सोमबार

बोटेचौरमा २०औँ माघी मेला–२०८२ आयोजना हुँदै



सुर्खेत । गुर्भाकोट नगरपालिका–९, बोटेचौरमा यस वर्ष पनि परम्परागत रूपमा २०औँ माघी मेला–२०८२ आयोजना हुने भएको छ। “माघी मेला युवाको अभियान : कृषि, खेलकुद, व्यापार तथा संस्कृतिको पहिचान” भन्ने मूल नारासहित मेला माघ १ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलाको आयोजना गुर्भाकोट नगरपालिका र वडा नं. ५ को कार्यालयको समन्वयमा गरिएको हो। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ। चर्चित कलाकार पल शाह र एलिना चौहान विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
त्यसैगरी मेलामा ज्योति मगर, प्रकाश दुतराज, शम्भु अधिकारी, टंक तिमिल्सिना, वर्षा पञ्चमी, टिका पुन, पवित्रा घिसी, राजु परियार, अर्जुन सापकोटा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
खेलकुद र प्रदर्शनी पनि मुख्य आकर्षण
मेलाअन्तर्गत खेलकुद कार्यक्रमतर्फ वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा
प्रथम पुरस्कार : ५० हजार ५ सय रुपैयाँ,
द्वितीय पुरस्कार : ३५ हजार ५ सय रुपैयाँ
रहेको छ भने प्रवेश शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ।


त्यसैगरी मेलामा
राष्ट्रिय तथा स्थानीय सांस्कृतिक प्रस्तुति,
पुरुष तथा महिला भलिबल प्रतियोगिता,
भुँइया बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम,
झाँकी प्रदर्शनी,
कृषि तथा औद्योगिक प्रदर्शनी
जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।
स्टल बुकिङ खुला
मेलाका लागि व्यापारिक तथा प्रदर्शनी स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। इच्छुक व्यवसायी तथा सहभागीले तोकिएका सम्पर्क नम्बरमार्फत सम्पर्क गर्न सक्नेछन्।
स्थानीय संस्कृति संरक्षण, व्यापार प्रवर्द्धन, खेलकुद विकास र पर्यटन प्रवाह बढाउने उद्देश्यले आयोजना गरिएको माघी मेलाले बोटेचौर क्षेत्रको पहिचान थप उजागर गर्ने विश्वास आयोजकको छ।

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार