२०८२ कात्तिक १२ , बुधबार

मन्त्री चढेको गाडि दुर्घ*टना



मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घ*टनामा परेको छ।

स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी र पर्सा स्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको सरकारी गाडीमै ठोक्कि*एर दुर्घ*टना भएको प्रहरीले बताएको छ ।

दुर्घ*टनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको हड्डीमा चोट लागेको छ। दुर्घ*टना हिजो २०८१/१०/७ गते राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार