२०८२ कात्तिक १२ , बुधबार

ग्रिन फाउन्डेसनले गर्यो कार्यशाला गोष्ठी



सुर्खेत ,

ग्रिन फाउन्डेसन नेपाल , वन तथा वातावरण मन्त्रालयको साझेदारीमा स्थानीय वन महासंघ गुर्भाकोटको सहजिकरणमा माघ-१५ गते आज कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रम डल्फिन होटल मेहेलकुनाको हलमा भएको हो । सो कार्यक्रमको बारेमा प्रकाश पार्दै ग्रिन फाउन्डेसन संस्था नेपालका अधिकृत अर्विन पाैडेलले सो कार्यक्रममा सरकारको जैविक विविधता रणनीति तथा कार्ययोजनाको उद्देश्य माथि प्रस्ट पार्नु भएको थियो ।

त्यसै गरि यस स्थानीय तह गुर्भाकोट नगरपालिकाले हाल सम्म चालेका कदम र भावि योजनाको बारेमा पनि टिम बनाएर ग्रुपिङमा छलफल गरि राय सुझाव संकलन गर्ने काम भएको छ । सो कार्यक्रममा बोल्दै नगर उपप्रमुख मैना बिकले यस नगरले सके सम्मको साथ र सहयोग गर्ने वचन दिनु भएको छ । नगरको वन तथा वातावरण शाखा रहेको सो को संयोजक पनि भएको र बजेट समेत छुट्याईएको कुरा बताउनु भएको छ ।

त्यसै गरि कार्यक्रममा विभिन्न तह तप्काबाट पाल्नु भएका बक्ताहरुले आआफ्नो ठाउबाट सहयोग गर्ने कुरा पनि बताउनु भएको छ । जसमा सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष जय बहादुर डाँँगी, शुभलक्ष्मी सहकारी का अध्यक्ष देवेन्द्र शाह, शिक्षक र कृषि पशु चिकित्सकले पनि  आफ्नो सहयोगको प्रतिवद्धता गर्नु भएको छ ।

विशिष्ट अतिथि फेकोफन (FECOFUN) सुर्खेत कि उपाध्यक्ष शान्ति सिंहले पनि टिमलाई धन्यवाद दिदै आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । भने कार्यक्रम समापन कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष चन्द्र प्रकाश थानीले पनि धेरैधेरै धन्यवाद दिदै सबै तह र तप्काका साथिहरु विविध जैविकताको बिषयमा खटिएर लाग्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार