गुर्भाकोट, सुर्खेत । वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको पहलमा आज गुर्भाकोट नगर पालिकाको सभाहलमा बजार अनुगमन सम्बन्धि स्थानीय तह तथा सरोकारवाला निकायहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सो कार्यालयका प्रमुख श्री हरी खत्रीले यश बिषयमा प्रष्ट्याउनु भएको थियो भने सो कार्यालयका ना सु डम्मरराज बुढाले कार्यालयले हाले सम्मगरेका प्रगति विवरण, यसको उद्देश्य र यसको कार्यक्षेत्रको बारेमा बिस्तृत जानकारी दिनु भएको थियो ।
सो कार्यक्रममा उपस्थित सरोकारवालाहरुको केही प्रश्न तथा राय सुझाव पश्चात् यो के हो ? यसको कामको बारेमा गुर्भाकोट नगर उपप्रमुख र नगर प्रमुखले पनि आफ्नो गुर्भाकोटमा भए गरेका गतिविधिका बारेमा बताउनु भएको थियो , बजार अनुगमन गर्दा अखाद्य बस्तु , म्याद सकिएका बस्तु , पेय पदार्थ , नापताैलमा ठगि, चर्को मूल्य असुली र बिलमा भए गरेका त्रुटिपूर्ण कार्यका बिषयमा समेत स्थानीय निकायको चासोको बिषयमा सजक रहेको र बेला बेलामा अनुगमन गरि कारबाहि गरेकाे बारे बताउनु भएको थियो ।
सो कार्यालयबाट आउनु भएको प्रमुख अतिथि हरी खत्रीले अन्तमा उठेका प्रश्नको जवाफ दिदै परेका समस्याहरुलाई पालिका र बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँके मिलेर संयुक्त कार्यक्रम जनचेतनामूलक कार्यक्रम गर्ने , बजार अनुगमन गर्ने, बजारको मिसावट भन्दा अर्गानिक गाउको उत्पादनलाई प्रोत्साहन गरि बजारीकरण गर्ने , ओैषधि पसल, खाद्यान्न , होटल रेष्टुरेन्टमा म्याद गुज्रेका , कानुन विपरीत संचालनमा आएकालाई कानुनी दायरामा दर्ता प्रकृयामा आइ ब्यवसाय संचालन गर्न समेत अनुरोध गर्नु भएको छ । जसले कानुन विपरीत गरेमा नियम अनुसारको कारबाहि भोग्ने कुरा समेत बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्