उच्च अदालत सुर्खेतले आज मिति २०८२/०२/२२ गते बिहिवार सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।कामु मुख्यन्यायधिश कृष्ण भट्टराई ,मा. न्यायाधीश मदन पोखरेल, मा. न्यायाधीश मातृका प्रसाद भण्डारी , रजिस्ट्रार विश्वजंग सिजापति र प्रेमप्रकाश थापा साथै अन्य कर्मचारी र विभिन्न मिडियाबाट संचारकर्मिहरुको उपस्थिति थियो ।
उच्च अदालत सुर्खेतबाट ५ जिल्लाका विभिन्न मुद्दाहरु हेर्ने गरिन्छ । जसमा विगत आर्थिक ३ बर्षको लगत फर्च्याैट मिति २०८२/०२/२१ गते सम्मको रेकर्ड अनुसार जम्मा मुद्दा ७७५ भएको र त्यसमा ६०९ मुद्दा फर्च्याैट भैसकेको र बाकि १६६ मुद्दा फर्च्याैट बाकिरहेको बताइछ ।

न्यायाधीश मातृका प्रसाद भण्डारी र न्यायाधीश कृष्ण भट्टराईले पत्रकारहरु बाट सोधिएका प्रश्नहरुको जवाफ दिनु भएको थियो । जवाफमा आफुहरु मिडिया बाजि गरेर भिडियोमा आउन नचाहेको तर काम गरि देखाएको कारण संचारकर्मिहरुले बिट पत्रकारिताको तवरबाट समाचार खोजि लेख्न सुझाव दिनु भएको छ । आफुहरु पत्रकारले आवश्यक परे विभिन्न बिषयमा कानुन सम्बन्धि नजानेका कुरामा तालिम दिने कुरा पनि बताउनु भएको छ ।
प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्