२०८२ कात्तिक १२ , बुधबार

ढुवानी सहुलियतमा कर्णालीमा खाद्यान्न



वीरेन्द्रनगर , सुर्खेत।
नेपाल सरकारले कर्णालीका जनताका लागी खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतबाट कर्णालीका १० जिल्ला र सुदुरपश्चिमको बाजुरा जिल्लाको लागी ढुवानी सहुलियतमा केही खाद्यान्न आमनागरिकलाई दिदै आएको छ। तब पनि नागरिकले उती चासो दियर किन्न गएको पाइदैन। ढुवानी सहुलियतको कारण चामल , तेल र चिनीको मूल्य कम पर्छ।
सो कार्यालयका प्रमुख केशवराज बुढाका अनुसार सहकारीको माध्यम बाट र सिधै आमनागरिक आएर किनेर लान सकिन्छ। तर यो लिएर बजारमा बेच्न मिल्दैन। त्यसरी बेचेमा कारबाही समेत हुने कुरा बताउनु भयो। अहिले प्रतिस्पर्धाको समय छ तर पनि सरकारले पुरै ढुवानी छुट गरेर बेचिरहेको छ। सुर्खेत जुन रेटमा चामल , तेल र चिनी छ। सोहि रेटमा हामी कर्णालीका १० जिल्ला र बाजुरामा दिने गर्दछौं उहाले भन्नु भयो।
यता बजारमा ११० रुपयाँ किलो चिनी बिक्रीमा छ तर यहाँ १००/- (एक सय ) रुपयाँ किलो पाउछ। प्रति के जि १० छुट पाउँदा एक बोरा चिनीको मूल्य ५,०००/- ( पाँच हजार ) पर्न आउछ। त्यसै गरि सोना मन्सुली चामल २५ केजी को रु १,६००/- (एक हजार छ सय ) पर्छ। अरुवा मोट चामल २५ केजी को १,५००/- ( एक हजार पाँच सय ) पर्छ। स्टिम जिरा मसिनो चामल २५ केजीको रु २,२०० /- (दुई हजार दुई सय ) पर्छ। सुरुचि कम्पनीको सन्फ़लावर तेल पेटिको रु २,४००/- , सोयाविन तेल पेटिको २,३५०/- र तोरीको तेल पेटिको २,३००/- पर्छ।
बजार भाउ कहिलेकसो तलमाथि परेपनि खासै असर नपर्ने बुढाले बताउनु भयो। सस्तोमा दिंदा पनि आम नागरिक खासै किन्न नआएको र पहाडी जिल्लाहरुमा भने जाने गरेको कुरा बताउनु भयो।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार