२०८२ कात्तिक १२ , बुधबार

ड्राइगन खेतीको लागि स्थानीय स्रोतव्यक्ति विकास तालिम सुरु



वीरेन्द्रनगर , सुर्खेत।
ड्राइगन फ्रुट उत्पादक किसान संघ सुर्खेतको आयोजनामा आज मिति २०८१/०३/२८ गतेदेखि यहि पौष मसान्तसम्म लाई २१ दिनको ड्राइगन खेतीको लागि स्थानीय स्रोतव्यक्ति विकास तालिम सुरु भएको छ। Helvetas Nepal को इन -इलम परियोजना हेल्भेटास नेपालको सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो। पहिलो पटक मोड्युल १ मा ५ दिनको ड्राइगन फल खेती , नर्सरी प्रविधि र कृषि उद्दमशिलता , सिकाइने भयको छ।


आजबाट सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथिमा टिकाराम थापा , बिशेष अतिथिमा चित्र रोकाय , तालिम केन्द्र प्रमुख धनबहादुर कठायत र हेल्भेटास नेपालका टेकबहादुर सिंह रहनु भएको थियो भने ड्राइगन फ्रुट उत्पादक किसान संघ सुर्खेतका अध्यक्ष महेन्द्र प्रशाद खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोहो। सो कार्यक्रममा बोल्ने सबै वक्ताले सिप सिक्न लिडरसिप गर्न सक्ने बन्न आग्रह गर्नुभयको छ।
सो तालिमको लागि कृषि तथा पशुपंक्षी व्यवसाय प्रबर्धन प्रशिक्षण केन्द्र , वीरेन्द्रनगर सुर्खेतले तालिम हलको व्यवस्था गरेको हो। आज बाट सुरुहुने कार्यक्रममा १२ जना सुर्खेत जिल्लाका विभिन्न पालिकाबाट सहभागिता रहेको छ। प्रशिक्षार्थी सबै ड्राइगन खेति गर्दै आएका किसान हुन्। तालिममा ५ विधामा रहेर सिक्नु पर्ने छ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार